कलीलो उमेरमै अस्तायो एउटा जीवन, 🥲🥲

कलीलो उमेरमै अस्तायो एउटा जीवन, 🥲🥲
आमाको माया पाउनुपर्ने सानी छोरी बनिन् आमाविहीन…!
रोल्पाको माडी गाउँपालिका–२, डाँडागाउँ निवासी २४ वर्षीया पवित्रा घर्ती (परियार) को असामयिक निधनले परिवार र आफन्तजनलाई शोकमा डुबाएको छ।
एउटा राजनीतिक दलको वडा कमिटी सचिवजस्तो जिम्मेवारीमा रहेकी पवित्राको मनभित्र कस्ता पीडा र बाध्यता थिए, त्यो सायद कसैले बुझ्न सकेन। उनको यस्तो अप्रत्याशित निर्णयको वास्तविक कारणबारे सत्यतथ्य खोजिनु आवश्यक छ।
तर सबैभन्दा पीडादायी पक्ष त उनकी अबोध छोरी हुन्, जसले अब जीवनभर आमाको माया र काख खोज्नुपर्नेछ। 😪
समाजमा कसैको मौनता र मुस्कानभित्र लुकेको पीडा बुझौँ। अप्ठ्यारोमा परेकालाई साथ दिऔँ, कसैलाई एक्लो महसुस हुन नदिऔँ।
भावपूर्ण श्रद्धाञ्जली पवित्रा। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🙏🏻