उपर्युक्त सम्बन्धमा तपाई सम्पादक रहेको अनलाइन संचार माध्यमवाट मिति २०८२/०९/१९ गते “जग्गा किनेर कृषि फाराम खोलौ भनेर लाखौ ठगि गरे ऋषिराज पौडेलले” शिर्षकमा प्रसारित सामग्री उपर मेरो ध्यानाकर्षण भएको छ। उक्त समाचार सामग्रीका सम्बन्धमा देहाय अनुसार बुँदागत प्रतिकृया एवम खण्डन गरेको छु। उक्त खण्डन एवम प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु।
देहायः
१. प्रसारित सामग्रीमा “जग्गा किनेर कृषि फाराम खोलौ भनेर लाखौ ठगि गरे ऋषिराज पौडेलले” भनि उल्लेख भएको रहेछ। उक्त विषय वास्तविकता भन्दाफरक परेको छ। यथार्त यस प्रकार रहेको छ।
२. मैले कोही कसैलाई ठगि गरेको छैन। मेरा विरुद्ध ठगिको आरोप लगाई समाचार सम्प्रेषण गरिदिनु पर्यो भनेर एउटा समुह Jan priya news का सम्पादक सुदन थापाको स्टुडियोमा पुगेको जानकारी पाएपछि मैले सुदन थापालाई के कस्तो व्यहोराको समाचार दिएका छन भनेर बुझिसकेपछि स्टुडियोमै बसेर करिब १ घण्टा सम्म वास्तविकता के हो भनेर प्रष्ट पारेको थिए र सुदन थापालाई अनुरोध गरेको थिए कि “शुक्रबार बैंक स्टेटमेन्ट तथा सम्बन्धित प्रमाण पुग्ने डकुमेन्ट लिएर तपाईको स्टुडियोमा आउछु, यो समाचार १००% झुट्टा र तथ्यहिन हो भनेर प्रमाणित गर्ने छु। त्यसपछि सम्पूर्ण अध्ययन गर्नुहोला र यदि सम्प्रेषण गर्ने मिल्ने
व्यहोराको समाचार भए मात्र सम्प्रेषण गर्नु होला” भनेर म आइतबार प्रहरी कार्यालयमा छलफल पश्चात आउछु भनि निस्केकोमा मिति २०८२/०९/१९ गते शनिवार नै प्रशारण भएकोमा मेरो आपत्ती रहेको छ। मेरो बेइज्जत गर्ने उद्देश्यले, बदनाम गर्ने उद्देश्यले, सामाजिक प्रतिष्ठामा ठेस पुऱ्याउने उद्देश्यले रचिएको खेलमा तपाई भ्रमित नहुनुहोस् म आइतबार नआएको खण्डमा म गलत भन्ने स्वतः प्रमाणित हुनेछ भन्दा भन्दै सबुद प्रमाण बिना कोही पनि व्यक्ति अथवा समुहले 16:11 १०
पत्रकारलाई भेटेर भनेकै आधारमा कोही कसैको मान मर्दन हुने गरेर सामाजिक प्रतिष्ठामा खलल् पुग्ने गरेर गलत नियतले बदनाम मात्र गर्ने उद्देश्यका साथ भनेको मात्र भरमा समाचार सम्प्रेषण गर्दा दवावमा अथवा प्रभावमा परेको पो हो की भनि आशंका गर्नु स्वभाविक हो। मैले प्रमाण लिएर आउछु भन्दा भन्दै मलाई दिएको समय अगावै समाचार सम्प्रेषण गरि मेरो मान हानी हुने कार्य गरेकोमा धोर भर्तसना गर्दछु, उक्त समाचार प्रति मेरो घोर आपत्ती रहेको छ। शिर्षकमा अलख भएको वाक्यमा विचार गर्दा पत्रकार आफै न्यायाधिश भए जसरी र आफु पनि उक्त समुहको सदस्य भएको जसरी नै “लाखौ टगि गरे” भनेर ठोकुवा गरिएको छ जसले गर्दा मेरो नाम जोडेर मान हानी भएको छ यस प्रति पनि मेरो घोरा आपत्ती रहेको छ।
३. उक्त समाचारमा उल्लेख भएका र मसँग रहेर कारोवार गरेका व्यक्तिहरुको बारेमा वास्तविकता के कस्तो हो भनि यस प्रकार खण्डन गर्न चाहन्छु।
क) मेघ प्रसाद रेग्मी
ख) चित्र बहादुर घर्ती
गः विष्णु रिजाल
घ। गिरु प्रसाद रेग्मी
ङ) लिलाराम डाँगी
यि माथी उल्लेखित व्यक्तिहरुले सँगै मिलेर जग्गाको कारोवार गरौं भनि प्रस्ताव राखेपछि मेरै गाउँमा रहेको जमिन खरिद गर्ने शिलशिलामा हामीहरुले सरसल्लाह गरी विभिन्न कामको जिम्मेवारी बाँडफाँड गरेका थियौं। जसमध्ये जेष्ठताको हिसावले मेघ प्रसाद रेग्मीलाई अध्यक्षको जिम्मेवारी दिएको थियो भने विष्ण रिजाललाई कोषाध्यक्षको जिम्मेवारी त्यस्तै म ऋषिराज पौडेललाई जग्गा व्यवस्थापनको जिम्मेवारी दिएको थियो। एवम रितले आ-आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा जग्गा व्यवस्थापन गर्दा आवश्यक पर्ने रकम मैले मेरो बैंक खातामा जम्मा गर्न लगाउदये। कहिले काँही हतार भएको अवस्थामा कोषाध्यक्षले नेथा अन्य साथीहरुले नगद पनि उपलब्ध गराउनु हुन्थ्यो। जग्गा खरिद गर्दै जाने क्रममा अध्यक्षको नाताले मेघ प्रसाद रेग्मीले माथीका साथीहरु मध्ये कसैले पनि आफ्नो नाममा जग्गा राख चाहेको खण्डमा राख सक्नुहुनेछ भनि प्रस्ताव राख्दा चित्र घर्ती र विष्णु रिजालले आफुहरुको लमहीमा पनि कारोबार रहेको, लमही दौडधुप गरिरहनु पर्ने भएकोले तपाईहरु जो फुर्सदिलो हुनुहुन्छ उहाँहरुले नाममा राख्दा हुन्छ भनिसके पछि मेघ प्रसाद रेग्मीका नाममा २९. धुर जग्गा लिलागम डाँगीको नाममा ३४ धुर जग्गा गिरु प्रसाद रेग्मीका नाममा १४ धुर जग्गा राखियो भने बाँकी रहेको सबै ७ कठ्ठा म ऋषिराज पौडेलको नाममा राखेको टिक साँचो हो। समाचारमा भने जस्तो साथीहरुको समेत लगानी भएको जग्गा मैने एक्लै हिनामिना गरेको भन्ने आरोप सरासर झुट्ठा हो। जग्गा खरिद गर्ने क्रममा सोही फिल्डमा खेमराज शर्मा (उपेन्द्र) लगायतको समुहले पनि जग्गा खरिद गरी प्लटिङ्ग गर्न थालेपछि नक्सामा भएको सरकारी कुलो पुरेर अतिक्रमण गरि घडेरी तथा बाटोमा परिणत गरी मासेपछि हामीहरुले विरोध गर्दा झै-झगडा हुने अवस्था सृजना भएपछि विवादित फिल्डमा जग्गा खरिद नगर्ने भनि हाम्रो साथीहरुले भनिसके पश्चात हामीहरुले जग्गा खरिद कार्य बन्द गयौं। जग्गा खरिद कार्य बन्द भईसकेपछि खरिद भएका जग्गालाई कसरी व्यस्थापन गर्ने भनि छलफल गर्ने क्रममा साथीहरुले ऋषिराज पौडेलको घर साँध नजिकै रहेको जमिन भएकोले यदि हामीहरुलाई लगानीको पैसा फिर्ता गर्न सक्नुहुन्छ भने उहाँले राख्दा उत्तम हुने थियो भनेपछि मैले मेरा एकाघरका सदस्यहरु, इष्टमित्रहरु तथा साथीभाईहरु सँग रकमको जोहो गरी माथी उल्लेखित साथीहरुलाई हिसाव किताव गरि दिने र उहाँहरुको नाममा भएको जग्गा मेरो नाममा नामसारी गर्ने मेरो तथा मेरो एकाघरको सदस्यको नाममा रहेको जग्गा यथावत राखी साथीहरुको रकम फिर्ता गर्ने भनि निर्णय गरेर चेक काट्ने क्रममा मेघ प्रसाद रेग्मीको तर्फबाट आएको रकम मध्ये केही रकमको हिसाव मिलान गरि बाँकी रहेको रकम दिनु नपर्ने रेग्मीसँग रहेको २९ धुर जग्गा उहाँलेनै राख्छु भनि उहाले प्रस्ताव राखे पछि मैले मन्जुर गरे र बाँकी रहेका साथीहरुको हकमा लिलाराम डाँगीको नामको जग्गा मेरो नाममा नामसारी गरि रकम हिसाव गरि हिसाव मिलान गरियो। त्यसैगरि चित्र घर्ती र विष्णु रिजालहरुले दिएको रकम नगद तथा बैंक खातामा जम्मा गरेको हिसाव गरि चेक काटी दिइयो। गिरु प्रसाद रेग्मी तत्कालिन अवस्थामा यहाँ नभएको हुँदा उहाँलाई छिनु पर्ने चेक नदिइ राखियो र जग्गा पनि उहाँकै नाममा रहिरहयो। समाचारमा भने बमोजिम मैले कोही कसैलाई रकम नतिरेको देखिएको खण्डमा म दोषि ठहरिन्छु होइन भने प्रमाणविनाको झुड्डा आरोप लगाएर मेरो बदनाम गर्ने तथा झुट्टा विवरण बताएर रकम असुल्न खोज्ने नियतले रचिएको खेलको पर्दाफास म स-प्रमाण गर्न सक्दछु। विष्णु कालाथोकीको सन्दर्भमा उहाँको र मेरो आर्थिक लेनदेन कारोवार कहि कतै पनि भएको छैन। उहाँले लगाएको आरोप सम्पूर्ण झुट्ठा हो। गिता देवी रेग्मीको सन्दर्भमा उहाँ मेघ प्रसाद रेग्मीको पत्नी हुनुहुन्छ, मेघ प्रसाद रेग्मीको सवारी दुर्घटनामा मृत्यू भएपछि सम्पूर्ण जिम्मेवारी तथा दायित्व उहाँको काँधमाथी आइपरेको अवस्थामा पतिले कहाँ के कति कारोवार गर्नु भएको थियो थाहा नहुनु स्वभाविक हो तर २९ धुर जमिनको बारेमा मैले माथी भनेको सम्पूर्ण व्यहोरा अवगत गराएको थिएँ। यदि मसँग रकम भएको खण्डमा उक्त जग्गा मैले खरिद गरि तत्कालिन अवस्थामा हाम्रो हिसाव हुँदाका बखत रेग्मी सरले मलाई फिर्ता गरेको चेक बराबरको रकम दिनेछु भनेको थिएँ। मसँग रकम झुट्नु भन्दा पहिले नै गिता देवी रेग्मीले घोराही उ.मन..पा. वडा नं. १७ वडा सदस्य बसन्ता पोखेलको घरमा आई मलाई फोन गरी बोलाई उक्त जग्गा आफैले व्यवस्थापन गर्छु भनि बसन्ता पोखेलकै अगाडी बोलक बुल गरेको ठिक साँचो हो तर हाल उहाँ अरुको उक्साहटमा लागेर हो की किन हो यस्तो झुष्ठा समाचार सम्प्रेषण गर्ने समुहसँग लागेर मेरो बदनाम गर्ने तर्फ उद्दत हुनु भएकोमा मलाई दुःख लागेको छ। जुट्नु
४. सँगै काम गरेको साथी मेघ प्रसाद रेग्मीको मृत्यु पश्चात हामी पनि दुखी छौं। भाउजु गिता देवी रेग्मीलाई हाल परेको आर्थिक समस्या तथा झमेलाको समाधान गरिदिउ भन्ने उद्देश्यले मैले “ठिक छ २९ धुर जग्गा म खरिद गर्छु तत्कालिन अवस्थामा रेग्मी सर सँग भएको हिसाव बमोजिम हालसम्मको कानून बमोजिमको ब्याज समेत रकम उपलब्ध गराउछु” भनि प्रस्ताव पनि राखेको थिएँ तर उहाँले इन्कार गर्नु भयो। के कति कारणले इन्कार गर्नु भयो मैले बुझ्न सकेको छैन। यी माथीका सम्पूर्ण व्यहोरा ठिक साँचो हो, आवश्यक परेको खण्डमा पैसा तिरेको प्रमाणहरू सम्बन्धीत निकायमा उपलब्ध गराउन तयारछ।
