दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को तेह्रौँ दिन आज चर्चित कलाकारहरू आउँदै छन् ।
सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार आजको कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक बद्री बङ्गेनी, गायक कृष्ण रेउले, गायक तथा सङ्गीतकार नरेश खाती, डोलराज न्यौपाने र लोकदोहोरी गायिका सबिना बुढा मगरले आफ्ना लोकप्रिय प्रस्तुतिमार्फत् दर्शकलाई मनाेरञ्छजन प्रदान गर्नेछन् ।
त्यसैगरी मोडल नारायणी खत्री तथा हास्य कलाकार कमल गाउँलेको प्रस्तुति आजको कार्यक्रमका प्रमुख आकर्षण बन्ने छ।
लोकसंस्कृति, हास्यव्यङ्ग्य र आधुनिक मनोरञ्जनको संयोजनले माघे मेलाको तेह्रौँ दिन थप रौनकपूर्ण बन्ने आयोजकको भनाइ छ।
घाेराही माघेमा तेह्रौँ दिन बद्री बङ्गेनीसहित चर्चित कलाकारको दमदार प्रस्तुति रहने
ट्रेन्डिङ
