नेपाल मगर लेखक संघ दाङ जिल्लाको दोस्रो अधिबेसन सम्पन्न अध्यक्षमा चन्द्र बहादुर पुन

हिजो शनिबार नेपाल मगर संघ दाङ जिल्लाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । बृन्द क्षितिज मगरको अध्यक्षतामा सुरुवाट भएको सो कार्यक्रमबाट नेपाल मगर संघ दाङ जिल्ला नयाँ कार्यसमिति गठन गरेको हो । जसको अध्यक्षमा चन्द्र बहादुर पुन मगर, उपाध्यक्षमा केशव स्थापित, सचिवमा सरस्वती रोका, सहसिचवमा पुनम घर्ती र कोषाध्यक्षमा भिम कुमारी पुन लगाएत ६ सदस्य सहित नयाँ कार्यसमिति चयन गरिएको छ । डा. टिकाराम उदासीको प्रमुख आथित्यता भएको सो भेलामा बिशिष्ट अतिथी हास्य कलाकार खड्क बहादुर पुन खबपु चञ्चल’ नेपाल मगर संघ दाङ जिल्ला अध्यक्ष मुक्त बुढामगर, उपाध्यक्ष प्रेम बुढामगर, पूर्व नेपाल मगर संघका केन्द्रिय उपााध्यक्ष उदय जिएम, नेपाल मगर लेखक संघ केन्द्रिय भाषिक उपाध्यक्ष महेश आरोही, प्रागिक प्रमोद धिताल, सुर्य विसी र नेपाल मगर लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष डम्बर बुढा, प्रेस सेन्टर पूर्वी रुकुम उपाध्यक्ष नीमा पुनमगर अतिथी रहनु भएको थियो । सो भेलामा कार्यसमितीलाई निर्देशन दिदै डा. उदासीले नेपाल मगर संघ दाङले मगर जातीको मौलिक खजनाहरुलाइ अभिलेखिकरण गर्नुका साथै राज्यले दिएको अधिकार प्रयोग गर्नुपर्ने बताउदै लेखन कार्यलाइ निरन्तरता दिनुपर्ने बताउनु भएको छ । कार्यक्रमलाइ सन्चालन सााजन बुढाले गर्नु भएको थियो भने चन्द्र पुन मगरले स्वागत मन्तब्य दिनु भएको थियो ।