घोराही–तुलसीपुर सडकको सेवार खोलामा डाईभर्सन बग्यो, विजुलीको पोल पनि बग्न सक्ने ।

तुलसीपुर, २२ असार । दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सेवारखोलामा बनाईएको डाइभर्सन बगेको छ ।

नियमितको बर्षादले गर्दा आएको बाढीले शनिबार विहान डाइभर्सन बगाएको हो ।

डाइभर्सन बगाउँदा आवतजावतमा ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरि बैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुमा अनुरोध गरेको छ ।

सेवारखोलामा हाल पुल निर्माणको अधुरो रहेकाले पनि सोही ठाउँमा आवाजतजावतमा निकै समस्या हुने गरेको छ।

घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम अधुरो छ । जुन खोलामा पुल नहुँदा यात्रुहरुले बर्षेनी सास्ती भोग्नु परेको छ ।