गर्मी निक्कै बढेपछि दाङका विद्यालय केही दिनका लागि बन्द

घोराही, १७ जेठ ।
दाङमा अत्यधिक गर्मी बढेपछि घोराही उपमहानगरपालिकाभित्रका विद्यालय पाँच दिन बन्द भएका छन् । सामाजिक विकास महाशाखाले एक सूचना जारी गरी विद्यालय बन्द रहने बताएको हो ।भोलि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुखले जनाएको छ ।

यस्तै दाङमा तुलसीपुर उपमहानगरपालिकाले भोलिदेखि पाँच दिनसम्म विद्यालय बन्द रहने सूचना जारी गरेको छ । देउखुरी क्षेत्रका लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गरेका छन् । अहिले दाङको तापक्रम ३९ डिग्री सेल्सियस भन्दा बढी पुगेको छ । यो तापक्रम अझै बढ्ने प्रक्षेपण गरिएको छ ।।