घोराही, फागुन ।निर्णय पुर्नस्थापना केन्द्र घोराही १७ दाङको आयोजना र घोराही उपमहानगरपालिका वडा नंम्वर १६ को सहयोगमा लागू औसध दुब्र्यसन नियन्त्रण अभियान अन्तर्गत ३ दिने टोल स्तरिय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
घोराही उपमहानगरपालिकाको लागु औषध नियन्त्रण कार्यबिधी २०८० अनुरुप लागू औसध दुब्र्यसन नियन्त्रणका लागि वडा स्तरीय समिती गठन गरिएको हो । वडा नंम्वर १६ का वडा अध्यक्ष ताराबहादुर डाँगीको संयोजकक्तमा गठन गरिएको उक्त समितिमा सदस्य सचिबमा वडा सचिब तेजा गैरेलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा वडा न १६ का ४ जना वडा सदस्यहरु, शहरी स्वास्थ्य केन्द्र प्रमुख, प्रहरी चौकी प्रमुख, ८ जना बिभिन्न टोल विकास संस्थाका प्रमुखहरु, युबा क्लब, बाल क्लबका प्रतिनिधि, महिला स्वयंसेवकको प्रतिनिधि बिद्यालयका प्रतिनिधि सम्मेलित १६ सदस्यीय समिती गठन गरिएको निर्णय पुनःस्थापना केन्द्रका परामर्शदाता विष्णु वलीले जानकारी दिनुभयो । साथै अब वडा स्तरीय समितिको सहकार्यमा लागू औषध नियन्त्रणका लागि टोल स्तरीय समितीहरु पनि गठन गर्ने निर्णय गरिएको छ ।
