राष्ट्रिय खेलाडी डागीँलाई जनप्रिय माविले गर्यो अभिनन्दन

वाशुदेव आचार्य, जेठ १।
तुलसीपुर २ बालापुर दाङमा रहेकाे जनप्रिय इङ्लिस स्कुलले आफ्ना छात्र सुजल डागीले दशरथ रङ्गशाला काठमाडौंमा सम्पन्न केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेकाे खुसीयालीमा उनलाई अभिनन्दन गरेकाे छ।
सुजल डाङी गत बैशाख १५ गतेदेखि १७ गतेसम्म सञ्चालित एथलेटिक्स खेल अन्तर्गत खेलाडी सुजलले १०० मिटर, २०० मिटर दाैडमा प्रथम हुँदै २ स्वर्णपदक साथै ४०० मिटरकाे रिले दाैडमा पनि १ स्वर्ण र १ रजत जित्न सफल भएका थिए। आफ्नाे स्कुलमा अध्यनरत छात्रले यति ठूलाे राष्ट्रिय कीर्तिमानी राखेकाे उपलक्ष्यमा विद्यालयले आज उनलाई नगर परिक्रमा गराउदै स्कुलकाे प्राङ्गणमा काेणसभा गरेर बधाई दिएकाे थियाे।
तुलसीपुर उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष भीम बहादुर याेगीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद याेगी र विद्यालयका प्राचार्य प्रकाशकुमार शर्माले खेलाडीलाई बधाई दिदै जुनसुकै कार्यमा सफलता प्राप्तिका लागि अनुशासन र धैर्यता नितान्त आवश्यक भएकाे कुरा राख्नुभएकाे थियाे।
वडा अध्यक्ष भीम बहादुर याेगीले “याे विजय जनप्रिय स्कुलकाे मात्रै नभएर समग्रमा राष्ट्रकै विजय हाे|” भन्दै खेलाडीकाे तारिफ गर्नुभएको थियाे। सम्मानित खेलाडी सुजल डाँगीले अरु विद्यार्थीहरुलाई पढाइसँगै जुन क्षेत्रमा राम्रो गर्न सकिन्छ त्यसैमा निरन्तरता दिइयाे भने सफलता आफैसँग छ भनी उत्प्रेरणा थपिरहेका थिए।

स्कुलबाट सुरु गरिएकाे विजय याली लाैवस्ता हुँदै बालापुर वजार परिक्रमा गरि स्कुलमा गएर समापन गरिएकाे थियाे । समापन कार्यक्रममा स्कुलले दाेसल्ला ओढाएर कदर पत्र सहित रु १००००दश हजार नगदले सम्मान गरेकाे थियाे। कार्यक्रमकाे सहजीकरण स्कुलका कार्यक्रम सह संयाेजक अङ्कित आचार्यले गरेका थिए।