तुलसीपुर, १ जेठ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की बनेका छन् । गत मंसिर ४ को चुनावमा मास्की दाङ क्षेत्र नं. ३ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मास्कीलाई केही समयअघि नै आर्थिक मामिला मन्त्री बनाउन खोजे पनि माओवादीभित्र विवाद थियो । बाँकेबाट निर्वाचित माओवादी केन्द्रकी सांसद कृष्णा केसीले पनि आर्थिक मामिला मन्त्रालयमा दाबी गरेकी थिइन् । तर आइतबार पार्टी बैठकमा कृष्णा अडानबाट पछि हटेपछि मास्कीलाई आर्थिक मामिला मन्त्री हुने बाटो खुलेको थियो । यसअघि नेकपा एमाले संसदीय दल नेता लीला गिरी मुख्यमन्त्री हुँदा केसी बिना विभागीय मन्त्री भएकी थिइन् । सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेका अनुसार अर्थमन्त्रीको जिम्मेवारी मास्कीलाई तोकिसकिएको छ ।
