विज्ञान, मानविकी र कानुन संकायतर्फ ज्ञानज्योति मा.वि. जिल्ला प्रथम हुन सफल

तुलसीपुर
१९ भदौ/ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान, मानविकी र कानुन संकायतर्फ आफ्नो विद्यार्थीहरु जिल्ला प्रथम भएको ज्ञानज्योति मा.वि. तुलसीपुरले दाबी गरेको छ ।

आफ्नो विद्यालयका विद्यार्थीहरु विवेक वलीले ३.८८ जीपिएसहित विज्ञान,मानविकी संकाय अन्तर्गत समृद्धि बोहराले ३.६६ जिपिय र कानुनतर्फ वाट मिसन डाङीले ३.५७ जिपिय सहित जिल्ला प्रथम भएको शैक्षिक संयोजक शरद गौतमले जानकारी दिनुभयो ।

यसका साथै विद्यालयवाट ७० जनाले ए+,६०९ जनाले ए , ३६० जनाले वि+ र ५८ जनाले वि ग्रेड ल्याइ उतिर्ण गर्न सफल भयको गौतमले जानकारी दिनुभयो ।उहाँले हाल विद्यालयले ब्यवस्थापन, विज्ञान, कानुन , मानविकी र शिक्षा समूहका कक्षाहरु संचालन गर्दै आयको समेत जानकारी दिनुभयो ।

कानुन संकाय अन्तर्गत पछिल्लो समयमा तुलसीपुर क्षेत्रमा सबैभन्दा धेरै विद्यार्थीहरुलाई अध्यापन गराउदै आयको विद्यालयले जिल्ला प्रथम समेत बनाउन सक्नुले यसको उचाई थप चुलियको कानुन अध्यापन गराउदै आउनुभयका शिक्षक सोमराज बस्नेतको भनाइ रहेको छ ।

विद्यालयका प्राचार्य सुरेन्द्र जि.सिले एउटै विद्यालयबाट ३ छुट्टाछुट्टै संकायमा जिल्ला प्रथम हुनु चानचुन कुरा नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘यो हाम्रो सफलताको अन्तिम विन्दु होइन, अझ धेरै यस्ता सफलताहरु हात पार्नु छ । यो सफलताले हामीलाई उर्जा थपेको छ । अझ अगाडिको सफलताका लागि प्रेरित गरेको छ, झकझकाएको छ । त्यसका लागि हामी तयार छौं अनि क्रियाशील पनि छौं ।’

यसका साथै केही समय अघि एजुकेशन समाचारले गरेको सर्वेक्षणअनुसार देशका २० उत्कृष्ट माविको सूचीमा ज्ञान ज्योति मावि १५ औं स्थानमा पर्न सफल समेत भयको थियो । कक्षा ११ र १२ मा अध्यापन गर्ने देशभरमा ४ हजार ३ सय ४० मावि छन् । एजुकेशन समाचारले ५ सयबढी विद्यार्थी परीक्षामा सहभागी भएका माविमध्येका अब्बल माविहरुमा पनि थप केही आधार तय गरी छनौट प्रक्रिया अगाडि बढाएको थियो । विद्यालयले प्राप्त गरेका र विद्यालयमा तयार यी थुप्रै आधारहरुले ज्ञान ज्योतिलाई देशकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सफल भएको हो।