‘घर ज्वाईं’ फिल्मको चर्चा

घोराही । नेपाली फिल्म ‘घर ज्वाईं’ को घोराहीमा अन्तक्र्रिया गरिएको छ । नेपाल मगर संघ दाङका कावा अध्यक्ष मुक्त बुढाको अध्यक्षतामा भेटघाट तथा अन्तक्र्रिया गरिएको हो ।

मगरको पहिचान, अस्तित्व, संस्कार र संस्कृतिलाई समेटेर बनेको चलचित्रको अपनत्व लिन नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगरले आग्रह गर्नुभयो । नेकपा रोल्पाका इञ्चार्ज सम्झना घर्तीले मगरको संस्कार संस्कृतिको विकास गर्न घर ज्वाईंले भूमिका खेल्ने बताउनुभयो । महिलाले घर व्यवहारको नेतृत्व गर्ने, मामाको छोरी जन्मिने वित्तिकै फुपुको छोराको बनाउनेलगायतका संस्कारबारे जानकारी लिन सकिने उहाँको भनाई थियो ।

रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले विश्वका १८ देशमा फैलिएका शाखाले सहयोग गर्ने बताउनुभयो । नेपाल मगर संघका जिल्ला इञ्चार्ज शीतलाल पुनले सबैलाई चलचित्र हेर्न चुले निम्तो दिनुभयो । संघका केन्द्रीय महासचिव टेकबहादुर राम्जाली मगरले मगर संस्कार संस्कृतिमाथि बनेका फिल्म जसले बनाए पनि मगर  समुदायले अपनत्व लिने बताउनुभयो । रुकुम पूर्वका तकसेरा, लुकुमलगायत विभिन्न ठाउँमा छायांकन गरिएको थियो ।