ब्राउनसुगर सहित नेपाली र भारतीय छजना नागरिक पक्राउ

शिवु खनाल
देउखुरी, १५ चैत
नेपाल–भारत सीमावर्ती क्षेत्रबाट लागुपदार्थ सहित नेपाली र भारतीय नागरिक सहित ६ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासले पक्राउ गरेको छ ।

बुधवार बेलुका सातबजे सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलबासका प्रमुख अर्जुन पौडेकोको कमाण्डमा खटिएको नेपाल प्रहरी सहितको टोलीले अन्दाजी एक ग्राम ब्राउनसुगर सहित ६ जना नेपाली र भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा नेपाली नागरिक तर्फ घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी २३ वर्षीय चन्दन गिरी, घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी २४ मोहम्द तारिख र घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी २४ रिआज फरुकी रहेका छन् ।

त्यसैगरी भारतीय नागरिक तर्फ श्रवष्र्ती जिल्ला उत्तरप्रदेश बावुनान निवासी २१ वर्षीय मोहम्द आलम, सिदार्थनगर जिल्ला उत्तरप्रदेश डुमरीयागंज घर भइ हाल श्रवष्र्ती जिल्ला उत्तरप्रदेश बावुनान गाउँ निवासी २३ वर्षीय सुहेल राइन र जिल्ला बलरामपुर उत्तरप्रदेश बालापुर निवासी २२ वर्षीय जैन राइन पक्राउ परेका छन् । उनिहरु गढवा प्रहरी कार्यालको नियन्त्रणमा रहेका छन् ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान सहित कार्वाहीको लागि इलाका प्रहरी कार्यालय गढवालाई बुधवार रातीनै बुझाइएको हो । कारोबारको लागि भारतीय नागरिकले नेपाली नागरिकलाई स्पाम्पलको एक ग्राम ब्राउनसुगर देखाइ रहेका बेला कोइलाबास टावर नजिकै बाट पक्राउ परेका हुन् । बिहिवार जिल्लाबाट म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलिले जानकारी दिनुभयो ।।