घोराही । स्वर्गद्धारी गुठिपीडित किसान संघर्ष समितिले फागुण ८ गते मंगलबारदेखि चौबिसै घण्टा धर्ना दिने भएका छन् ।
बुधबार विहान १० बजेदेखि घोराहीको ट्राफिक चोकबाट ¥याली निकालेर बजार परिक्रमा गर्ने, त्यसपछि अपरान्ह ४ बजेदेखि जिल्ला प्रशासन कार्यालय दाङको अगाडी त्यही बस्ने, खाने गरेर चौबिसै घण्टा धर्ना कार्यक्रम गर्न लागिउको किसान संघर्ष समितिले जनाएको छ ।
आफुहरुको माग सम्बोधनका लागि प्रधानमन्त्रीदेखि सबैसँग मागपत्र बुझाउनुका साथै अनुरोध गर्दा समेत माग सुनुवाई हुने अवस्था नदेखिएकाले प्रशासनमा चौबिसै घण्टा धर्ना दिन लागिएको संघर्ष समितिका प्रविण दहितले जानकारी दिनुभयो । उहाँले ¥याली र धर्ना कार्यक्रममा सहभागिता जनाउन सबै न्यायप्रेमी जनसमुदायलाई अनुरोध गर्नुभएको थियो ।
आन्दोलनको सन्दर्भमा संघर्ष समितिले केही दिन अगाडी पत्रकार सम्मेलन गरेर आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेका थियो । यही क्रममा प्रदेश सरकार अनि केन्द्र सरकारसम्म पनि पुगेर आन्दोलन गर्ने कार्यक्रम संघर्ष समितिले तयार गरेको संघर्ष समितिका संयोजक प्रभु चौधरीले जानकारी दिनुभयो ।
