घोराही । अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङले जिल्ला प्रशासन कार्यालय दाङको गेट अगाडी सडकमा धर्ना बसेका स्वर्गद्वारी गुठीपीडित किसानहरुलाई समर्थन गर्दै सहयोग गरेको छ ।
शुक्रबार बिहान अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई सहयोगका साथै कार्यक्रममा समर्थन जनाएको थियो ।
अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीले पीडित किसानहरुलाई पिउने पानी उपव्ध गराउनेक्रममा १२ पेटि पानी, २ पिस ठूलो डस्बिन सहयोग गरेको थियो ।
कमिटीमा आबद्ध सदस्यहरुले आफ्नो नास्ता बाट बचाएर राखेको पैसा सदुपयोग गर्नेक्रममा पीडित किसानहरुलाई सहयोग गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु केन्द्रिय सदस्य सर्जन परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ जिल्ला संयोजक गडेश खड्का, सह–संयोजक वसन्त प्रसाद भण्डारी, कपिल बुढाथोकी, कार्यालय सचिव लक्ष्मण गिरी, राजन घर्ती, रबिभक्त केसी, घोराही नगर इन्चार्ज सबिन पोख्रेलको सहभागी भएको थियो ।
कार्यक्रमका क्याम्पस कमिटी अध्यक्ष सागर पण्डितले अनेरास्ववियुले विद्यार्थीको पक्षमा मात्र नभएर समय परिस्थितिको माग अनुसार सामाजमा गरीव किसान, महिलाहरुको पक्षमा पनि काम गर्ने, यसका साथै समाजमा हुने गरेको भ्रटचार, बेथिति, बिसङ्गति र अराजकता बिरुद्ध बुलन्द आवाज उठाउने बताउनुभयो । अध्यक्ष पण्डितले भुमीहिन सुकुम्बासी तथा बर्षौसम्म खेतीगर्दै आएका किसानलाई तत्काल मोहि अधिकार दिन माग गर्नुभयो । सरकारले तत्काल गुठीपीडित किसानको पक्षमा काम नगरेमा आन्दोलनरत पक्षसँग मिलेर अनेरास्ववियु दाङले सडक तताउने कार्यक्रमका प्रमुख अतिथि सर्जन परियारले बताउनुभयो । सहयोग कार्यक्रमको सहजीकरण क्याम्पस कमिटी सचिव मदन गौतमले गर्नु भएको थियो ।
