गुरुकुलका सक्सेसको जहाज टरिगाउँमा उड्यो

तुलसीपुर,  फागुन ।
दाङका १४ वर्षिय बालकले जहाज बनाएका छन् । अर्घाखाँचीमा जन्मिएर अहिले दाङको घोराही उपमहानगरपालिका(१८ नवलपुरमा बस्दै आएका १४ वर्षिय सक्सेस जिसीले बनाएको जहाजको सोमबार टरिगाउँ विमानस्थलमा परिक्षण गरिएको छ ।

उडाइएको हवाईजहाज बनाउन व्रसलेस मोटर,कन्ट्रोलर र व्याट्री प्रयोग गरिएको छ । जहाज निर्माणका लागी अहिले सम्म २० हजार रुपैँया खर्च भइसकेको छ । हवाईजहाजलाई रेडियो मिटरको सहायताले उडाईएको थियो ।

भोजराज जिसि र मिरा जिसी एक्लो सन्तान जिसिको लगनशिलता र मेहनतबाट परिवार र विद्यालय पनि उत्साहीत रहेको गुरुकुल तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो ।

यस्तै नवप्रतिभाहरुलाई विद्यालयले प्रोत्साहन गर्ने गरेको छ। सक्सेसले तयार गरेको हवाईजहाजबाट आफु उत्साहित भएको प्रधानाध्यापक गिरीले बताउनुभयो । यसअघि उनिहरुको समुहले लाइन फोलोइङ रोवोट,ड्रोन लगाएतका सामाग्री निर्माण गरेर परिक्षण समेत गरिसकेको छ । कक्षा ९ मा चालु शैक्षिक वर्षमा गुरुकुल एकेडेमी घोराहीमा सक्सेस भर्ना भएको विद्यालयले जनाएको छ ।