घोराहीको खेल क्षेत्रमा एकपछि अर्को छलांग

घोराही उपमहानगरपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड उचालेको छ । दाङका १० वटै पालिकालाई पछाडी पार्दै घोराहीले खेल क्षेत्रमा आफ्नो बर्चश्व जमाउनु सकारात्मक कुरा हो । घोराही उपमहानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नेपालमै नमूना योग्य कार्यको सुरुवात गरेको छ ।

खेलक्षेत्रमै लागेका व्यक्तिहरुको नेतृत्वमा घोराही नगर खेलकुद विकास समिति गठन गरेर उपमहानगरले सकारात्मक कार्यको थालनि गरेको थियो । समितिले पनि गठन भएको केही महिनामै घोराहीमै सबै भन्दा धेरै अनुकरणिय कार्य गरेर देखाएको छ । यसैको प्रभाव घोराहीले राष्ट्रपति रनिङशिल्ड जितेको हो । यसको लागि घोराही बधाईको पात्र छ ।

भोलिका दिनमा पनि खेलक्षेत्रको विकासका लागि अझै प्रभावकारी कार्यक्रमका साथ घोराही अगाडी आउनुपर्छ । घोराहीको नाम उचो राख्नेगरी घोराहीले प्राप्त गरेको सफलाताका लागि घोराही नगर खेलकुद विकास समिति पनि बधाईको पात्र छ । प्रतियोगितामा सहभागि हुने खेलाडी र विद्यालयहरु पनि बधाईको पात्र छन् । यसैगरेर यस क्षेत्रका सबै पक्षले खेलक्षेत्रको विकासका लागि योगदान पु¥याउने हो भने भोलिका दिनमा घोराहीले नेपालमै उत्कृष्ट प्रदर्शन गर्नेछ । घोराहीको खेल विकासका लागि अब सबैबीच सहकार्य हुनुपर्छ । सबैको साथसहयोगले घोराहीको खेलक्षेत्र अझै माथि पुग्नेछ ।