देउखुरी, ३ फागुन
कपिलवस्तुको शिवराज नगरपालिका- वडा नम्बर १ स्थित सुरे खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाएका दशैँ जनाको सनाखात भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक डिएसपी हरि बहादुर वलीले दिनु भएको जानकारी अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, महेन्द्रनगर-१ का २७ वर्षीय राहुलाराम कामी, भीमदत्त नगरपालिका- ४ का १६ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका- १६ का २७ वर्षिया संजु थापा, भीमदत्त नगरपालिका बाह्र कुण्डका २१ वर्षिया खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ का २२ वर्षीय सुदीप भट्ट, पुनरबास नगरपालिका -९ बस्ने बीच फांटा निवासी विमलादेवी भट्ट र विसन दत्त भट्ट रहेका छन् ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । घटनामा २७ जना घाइतेको भएका छन् ।।
