जिल्ला प्रहरी कार्यालय दाङलाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण

शिवु खनाल
देउखुरी, २ फागुन
नेपाल औषधी व्यावसायी संघ दाङ शाखाले जिल्ला प्रहरी कार्यालय दाङलाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङकाे कार्यालय परिसरमै फागुन तीन गते हुन लागेको स्वास्थ्य शिबिर कार्यक्रम सन्चालन गर्नको लागि विभिन्न प्रकारका करिब सत्तरी हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष पिष्णुप्रसाद पाैडेलले जानकारी दिनुभयो ।

बुधबार नेपाल औषधी व्यावसायी संघ दाङका अध्यक्ष विष्णुप्रसाद पाैडेल लगायत सम्पूर्ण पदाधिकारीकाे संयुक्त उपस्थितिमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हाे ।।