सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनुपर्छ ः मुख्यमन्त्री चौधरी
घोराही, फागुण । घोराही–७ सौडियारस्थित एकमात्र माध्यामिक विद्यालय मावि सौडियारको मंगलबार भव्य कार्यक्रमका बीच स्वर्ण जयन्ती मनाइएको छ । विद्यालयको ५० औं वार्षिकोत्सव एवं स्वर्ण जयन्ती कार्यक्रमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले उद्घाटन गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षत्तामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री चौधरीले सामुदायिक विद्यालयहरुले शिक्षाको गुणस्तरीयतामा अझै जोड दिनुपर्ने बताउँदै विद्यार्थीको संख्या बढाउनका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । मावि सौडियारमा विद्यार्थीको संख्या ११ सय नाघ्यो भने प्रदेश सरकारले बिशेष लगानी गर्ने बताउँदै विद्यालयको शैक्षिक विकासका लागि एकजुट हुन सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सांसद प्रचण्ड बिक्रम न्यौपानेले सामुदायिक विद्यालयहरुले पछिल्ला दिनहरुमा शैक्षिक सुधार गरिरहेकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी
रामबन्धु सवेदीले दाङका सामुदायिक विद्यालयहरुको गुणस्तरीयता बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले घोराहीको समृद्धि र विकासका लागि शिक्षाको
गुणस्तरीय विकास आजको आवश्यकता रहेको बताउनुभयो । घोराही–७ का वडा अध्यक्ष खोपीराम चौधरीले सौडियार माविको विकासका लागि आफूहरुले सक्दो सहयोग गरिरहेको बताउनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष लोक बहादुर कुवरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेपाली कांग्रेसमा क्षेत्रिय सभापति भिमप्रकाश खड्मा, नेपाल कांग्रेसमा वडा सभापति कर्णबहादुर बुढाथोकी, नेकपा एमालेका वडा प्रतिनिधि अशोक चौधरी, रात्रि प्रावि
शुक्रवारका प्रधानाध्यापक सुशीला पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले विद्यालयको आर्थिक, शैक्षिक तथा अन्य प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षकको रूपमा सीता डिसी, दामोदर पाण्डे र अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकहरूलाई पुरस्कृत गरिएको थियो ।
यस्तै विद्यालयमा अक्ष्यकोष स्थापना गर्ने कर्णबहादुर बुढाथोकी, सेनराज शाह, नेत्रलाल उपाध्याय, उत्कृष्ट अभिभावक आशा चौधरी, चेतु भण्डारी, पूर्व शिक्षक तथा कर्मचारी विष्णुप्रसादअधिकारी, सुशीला शाह, मानबहादुर चौधरीलाई सम्मान गरिएको थियो । लेखापाल केशव केसीलाई मनोरोपरात्न सम्मान गरिएकोथियो । बार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न नृत्य, गीत, विज्ञान कला प्रदर्शन गरेका थिए
यस्तै सो अवसरमा नेपाल रेडक्रस सोशाईटी व्लड बैंक घोराहीको समन्वयमारक्तदान, स्वास्थ्य चौकी सौडियार र हेल्थ फाण्डेशनको सहयोगमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षिकाहरूले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक सुजिता चौधरी र विष्णुराज चौधरीले गर्नुभएको थियो ।
