घाेराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को दशौँ दिन आज चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै पूर्ण रूपमा सङ्गीतमय बन्ने भएको छ । लोक तथा दोहोरी, आधुनिक गीत–संगीत र नृत्य प्रस्तुतिले मेलास्थलमा उत्सवमय वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।
सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार आजको मेलामा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायक सन्दीप न्यौपाने तथा गायिकाहरू श्यामकला भण्डारी र रीतु थापाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।
त्यसैगरी नृत्यतर्फ सोनी डान्स ग्रुपको आकर्षक प्रस्तुति रहनेछ, जसले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने आयोजकको अपेक्षा छ ।
कार्यक्रमको सञ्चालन माधव जोन खत्री र दीपक बर्माले गर्नेछन् । माघे मेला–२०८२ माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । हरेक दिन चर्चित कलाकारहरूको प्रस्तुतिसँगै मेलाले घोराहीमा सांस्कृतिक र मनोरञ्जनात्मक रौनक थप्दै आएको छ ।
माघे मेला–२०८२ को दशौँ दिन आज : पशुपति शर्मासहित चर्चित कलाकारको सांगीतिक प्रस्तुति
ट्रेन्डिङ
