दाङ । घोराही–१४ ट्राफिक चोक नजिकै सञ्चालन भइरहेको दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ आज आठौँ दिनमा प्रवेश गरेको छ। मेलाको आजको कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकगायक रामजी खाँड रहने आयोजकले जनाएको छ।
लोक तथा आधुनिक गीतमार्फत दर्शकमाझ लोकप्रिय रहेका गायक खाँडको प्रस्तुतिलाई हेर्न आज मेलास्थलमा दर्शकको उल्लेख्य भीड जुट्ने अपेक्षा गरिएको छ। खाँडसँगै आजको कार्यक्रममा गायक राजु कुशमी, गायिका एन्जिला रेग्मी र गायिका सपना रोक्काले पनि आफ्ना प्रस्तुति दिनेछन्।
त्यसैगरी, डान्सर शिला खाँड ठकुरी, तिर्सना मगर र गंगा बोहराको नृत्य प्रस्तुति तथा सोनी डान्स ग्रुपको आकर्षक सामूहिक नृत्यले सांस्कृतिक कार्यक्रमलाई अझ रोमाञ्चक बनाउनेछ। गायक तथा उदघोषक माधव जोन खत्री र दिपक बर्माले कार्यक्रम सञ्चालन गर्नेछ्न।
कार्यक्रमको व्यवस्थापन तथा समन्वय सांस्कृतिक संयोजक गोपाल बुढा मगरको नेतृत्वमा भइरहेको छ। मेलामा सांस्कृतिक कार्यक्रमसँगै डान्स आइडल, टिकट प्रतियोगिता, दोहोरी प्रतियोगिता र व्यावसायिक स्टलहरू पनि सञ्चालनमा छन्।
पोख २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने मेलामा सहभागिता जनाई सांस्कृतिक मनोरञ्जन लिन आयोजकले सम्पूर्ण दर्शकलाई आग्रह गरेको छ।
दोस्रो माघे मेला–२०८२ को आठौँ दिन आज, मुख्य आकर्षण गायक रामजी खाँड
ट्रेन्डिङ
