शिवु खनाल
देउखुरी, २८ मंसिर
सुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि साधारण नमूना माध्यामिक विद्यालय सालभौरीको नयाँ नेतृत्वको लागि यही मंसिर तीस गते निर्वाचन हुदैछ । यस विद्यालयमा दोस्रोपटक निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन हुने भएको हो । मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि बढाएका छन् ।
टोल भेला, घरदैलो, गाउँ भेलासँगै उमेदवारहरु अभिभावकको घरमै पुगरे मत माग्ने क्रम बढेको छ । घोषणपत्र लिएर आ–आफ्ना उम्मेदवार जिताउ अभियानमा यतिबेला सक्रिय बनेका छन् ।
नयाँ नेतृत्वको लागि गठबन्धनको तर्फबाट सदस्य पदका लागि सुरेश चौधरीले मनोनयन दर्ता गराउनु भएको हो । त्यसैगरी पुष्पा भण्डारी, मान्ति कुमारी यादव र धनविर चौधरीले मनोनयन दर्ता गराउनु भएको हो । चुनाव चिन्ह लिएर मतदातको घरघरमा भोट माग्दै चुनाव प्रचारप्रसारमा जुटेको उम्मेदवार सुरेश चौधरीले जानकारी दिनुभयो । त्यसैगरी एमालेको तर्फबाट पनि साधारण नमूना माध्मिक विद्यालय सालभौरीको नयाँ नेतृत्वको लागि विश्राम अहिरले सदस्य पदका लागि मनोनयन दर्ता गराउनु भएको हो । उहाँसंगै मिना भण्डारी, मनिषा चौधरी, धनश्याम चौधरीले मनोनयन दर्ता गराउनु भएको छ ।
अहिले चुनाव चिन्ह लिएर प्रचारप्रसारमा जुटेको उम्मेदवार धनश्याम चौधरीले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय जनमोर्चाका टेकबहादुर बुढा र स्वतन्त्रका भुपाल वलिले चुनाव चिन्ह लिएर भोट माग्दै चुनाव प्रचारप्रसारमा होमिनु भएको छ ।
मंसिर तीस गते हुने निर्वाचनबाट साधारण नमूना माध्यामिक विद्यालय सालभौरीको नयाँ नेतृत्वको लागि ६सय ३३जना मतदाताले मतदान गर्ने छन् । मतदान मंसिर तीस गते शनिवार विहान आठ बजेदेखि बेलुकी चार बजेसम्म हुनेछ ।।
