शिवु खनाल
देउखुरी, २१ पुस
देउखुरीको राजपुर गाउँपालिकाको राप्ती नदिमा माछा मार्ने क्रममा गएराती एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीका ४० वर्षीय शुकदेव चौधरी रहेका छन् । शुक्रबार राप्ती नदिमा माछा मार्ने क्रममा चौधरीको गए राती मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरी राजपुरमा रहेको रात्री प्राथमिक विद्यालय गंगदीका कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका थिए । चौधरीको शव पोष्टमार्टम भइरहेको छ ।
रातीको समयमा राप्ती नदिमा माछा मार्ने क्रममा करेन्ट लागेर वा डुवेर मृत्यु भएको बारे पोष्टमार्टम पछि थाहा हुने गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो ।।
