शक्षामा चुनौति र समाधानको उपाए

बसन्त प्रसाद भण्डारी
वर्तमान नेपालको शैक्षिक क्षेत्र बिषेशत पूरा रुपमा असक्षम ,बेरोजगार र मार्कसिट मुखिमात्र बनेको देख्दा बिद्यार्थी को लागि केही गरौ भनेर भनेर लागेका सरोकारलवाला र शैक्षिक क्षेत्रमा कामगर्ने सम्पूर्ण सङ्गठन ,शिक्षकको ईज्जत्मा समेत कमिआएको छ ।

वर्तमान शिक्षाका चुनौतिहरु ः
परानो शैक्षिक विधि, बजारको आवस्यकता अध्ययन नगरि बनाईयका पाठ्यक्रममा, खोज तथा अनुसन्धान शून्य, बड्दो ब्यापारिकरण, अपडेड नगरि बनाएका पाठ्यक्रम, कामगर्दै पढ्दै गर्ने वातावरण नहुनु, उद्यमशिलता सम्बन्धि तालिम बिद्यालयमा नहुनु, कति जनशक्ति कुन बिषयमा आवस्यक छ भनेर अध्ययन नहुनु, बैज्ञानिक शैक्षिक पद्धति लागुनहुनु, क्याम्पसहरुलाई कमाईखाने भाडोको रुपमा राजनीतिक नियुक्ति रहनु, संविधानको पूरा पालना गर्नसरकार पुर्णरुपमा असक्षम हुनु आदि रहेका छन ।

चुुनौति समाधानका उपायहरु ः
कुन बिषयमा कति जनसंख्या बजार र राज्यलाई आवस्यरहन्छ तेहि अनुसार मात्र बिद्यार्थी भर्ना गर्न सरकारले अध्ययन र सुष्म बजार अनुगम निकालि निचोडमा पुगि तेहि संख्यामा मात्र भर्ना गर्नु पर्दछ ।
पाठ्यक्रमलाई बजारले खोजेको अनुसार बनाउनु पर्छ बि बि एस ,बढेको बिद्यार्थीले बैंकको भौचर भर्न, मोवाईल एप चलाउन नसक्ने कस्तो पाठ्यक्रम हो सरकार रुबजार निकै अगाडि बढेको छ बजार अनुसार सबै बिषयका पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने छ अन्यथा पढाइ एकातिर काम अर्कातिर हुन्छ ।

सबै बिषयहरुमा उध्यमशिलता सम्बन्धि तालिम र बिषयगत उध्योगको बारेमा जानकारीमुलक कार्यक्रम राख्नुपर्ने,
संबिधानमा उल्लेख भयअनुसार माध्यमिक तह सम्मपर्ण निसुल्क हुनुपर्ने, भाषा एकै किसिमको हुनुपर्ने माविसम्म, अनिवार्य सम्बन्धित बिषयमा अध्ययन गर्दा तेहि बिषयमा नै पढ्दै कमाउदै गर्ने बिषयगत उध्योगमा जानैपर्ने कानुन निर्माण गरिनुपर्छ ।

शैक्षिक प्रमाणपत्र धितो राखि लोन दिनुपर्ने ,पढ्न अप्ठ्यारो पर्ने बिद्यार्थी लाई लोनको शुविधा दिदै पढेर सकेपछि तिर्नुपर्ने कानुन निर्माण गरिनुपर्छ ।सम्बन्धित बिद्यालयले विद्यार्थीको बिमा गरिदिनुपर्ने, कानुनमा भयका सबै सेवासुबिधा दिनुपर्ने, बिद्यार्थीभाडादर कायम हुनुपर्ने, जडिबुटि, पुराना तरकारिवालि, पुराना प्रजातिका फलफूल, जीवजन्तु, मोर्डन सोसाईटिको माग, संघसस्था, उद्योग, वन, खनिज, जैविक तथा जलिय पदार्थ, पर्यटनको प्रचारप्रसार गर्न बिज्ञ टोलिको गठन गरि जिम्मेवारी र पर्यटन बिषयको पठन पाठन, पुराना खानपिन, स्वास्थ तथा स्वास्थ खानपिन, लगायतका यावत जनजिविकाको सवालमा सुष्म अध्ययन नगरि हचुवाको भरमा शैक्षिक संघसस्था अगाडि बढेमा देशको समग्र बिकास, सुशासन,राजनीतिक एवम सामाजिक बिकृति बढ्नेमात्र हैन अझै बिदेशिने बिद्यार्थीको संख्यामा उल्लेख्य बढेर देशका क्याम्पस बन्द हुने मर्ज हुने र निजिकरण हुने कुरामा दुईमत छैन ।
(अनेरास्ववियु दाङ, जिल्ला सह–संयोजक)