शिवु खनाल
देउखुरी, २६ मंसिर
मंसिर ३० गते हुने साधारण नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन अन्तरगत गठबन्धन, नेकपा एमाले, राष्ट्रि जनमोर्चा पार्टी र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । मंगलवार निर्वाचन कार्यालयले तोकेको १० ः ३० देखि १२ ः ३० बजेसम्मको समय सीमा भित्र विभिन्न दलले मनोनय दर्ता गराएको निर्वाचन अधिकृत केशव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनयन दर्ता पछि २ बजेसम्म नामावाली प्रकाशन, दुई ः ४० बजेसम्म दावी विरोध, २ः ४५ बजेसम्म उम्मेदवारको अन्तिम नामावाली प्रकाशन र उम्मेदवारहरुलाई निर्वाचमा होमीनका लागि ३ बजे चुनाव चिन्ह प्रदान गरिएको छ ।
निर्वाचनको लागि गठबन्धनको तर्फबाट सदस्य पदका लागि सुरेश चौधरीले मनोनयन दर्ता गराउनु भएको हो । निर्वाचन कार्यालयले उहाँलाई चुनाव चिन्ह सरस्वती देवी, त्यसैगरी मनोनय दार्तापछि पुष्पा भण्डारीलाई चुनाव चिन्ह हात्ती, मान्ति कुमारी यादवलाई चुनाव चिन्ह किताब र धनविर चौधरीलाई चुनाव चिन्ह डाँफे निर्वाचन कार्यालयले प्रदान निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी एमालेको तर्फबाट सदस्य पदका लागि विश्राम अहिरले मनोनयन दर्ता गराउनु भएको हो । निर्वाचन कार्यालयले उहाँलाई चुवान चिन्ह बाघ, त्यसैगरी मिना भण्डारीलाई चुनाव चिन्ह साइकल, मनिषा चौधरीलाई चुनाव चिन्ह गुरासको फुल र धनश्याम चौधरीलाई चुनाव चिन्ह गाई प्रदान गरिएको हो । यस्तै राष्ट्रिय जनमोर्चाका टेकबहादुर बुढाको चुनाव चिन्ह घर र स्वतन्त्रका भुपाल वलिको चुनाव चिन्ह खसि रहेको छ ।
निर्वाचन कार्यालयका अनुसार मंसिर ३० गते हुने निर्वाचनको लागि ६ सय ३३ जना मतदाता रहेका छन् । यहीँ मंसिर तीसगते हुने निर्वाचको तिब्र रुपमा तयारी भइरहेको छ । चुनाव चिन्ह प्रदानसंगै विभिन्न दलका उम्मेदवारहरु मंसिर २७ गते विहान ५ बजेदेखि मात्रै चुनाव प्रचारप्रसारमा जुट्ने छन् ।
चुनाव प्रचारप्रसारको लागि निर्वाचन कार्यालयले विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरि २९ गते बेलुकका ५ बजेसम्म मात्रै गर्न पाइने निर्वाचन कार्यालयले जनाएको छ ।।
